शिक्षा विधेयककाे माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गर्ने नेविसंघका १० कार्यकर्ता पक्राउ

काठमाडौँ, ३० असार । विद्यालय शिक्षा विधेयकलाई लिएर विद्यार्थी संगठन नेविसंघले नयाँ बानेश्वर प्रदर्शन गरेका छन् ।

विधेयक तत्काल जारी गर्नुपर्ने र यसलाई विद्यार्थी तथा शिक्षक मैत्री बनाउनुपर्ने मागसहित आज भएको विरोध प्रदर्शनका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० जना कार्यकर्ता पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

नेविसंघले विद्यार्थीको प्रतिनिधित्वबिना विश्वविद्यालय सिनेट बैठक मान्य नहुने, शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने र शिक्षा विधेयक शिक्षक तथा विद्यार्थीमैत्री हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्थायी प्रकृतिका शिक्षकहरूलाई ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति दिने प्रावधानसहित विधेयकमाथि छलफल अघि बढाए पनि यसले समग्र शिक्षक आन्दोलनको मर्म नसमेटेको महासंघको ठहर छ।