एक लाख घुससहित कल्याणपुरका मेयर रामपुकार साह रंगेहात पक्राउ

सिरहा, ३२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख (मेयर) रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

उपभोक्ता समितिसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई बुधबार उनकै कार्यालयबाट नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार, साहले एक उपभोक्ता समितिबाट गैरकानुनी रूपमा रकम लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो। स्रोतले भन्यो, “उहाँलाई घुस लिँदालिँदैको अवस्थामा नियन्त्रणमा लिइएको हो। अहिले पालिकामा थप अनुसन्धान भइरहेको छ।”