पूर्वराष्ट्रपति भण्डारी एमाले मुख्यालयमा, अध्यक्ष ओलीसँग भेटवार्ता हुँदै
काठमाडौं, ४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासल पुग्नुभएको छ। उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
दिउँसो ३ बजेका लागि भेटवार्ता तय भए तापनि अध्यक्ष ओलीको कार्यव्यस्तताका कारण केही ढिलाइ भएको थियो।
पूर्वराष्ट्रपति भण्डारी च्यासल पुग्दा अध्यक्ष ओली भने आइपुग्नुभएको थिएन। पार्टी राजनीतिमा सक्रिय हुने घोषणा र लगातारका बैठकहरू पछि हुन लागेको यो उच्चस्तरीय भेटवार्तालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।