अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा डेढ घण्टाभन्दा लामो भेटवार्ता

काठमाडाैं, ४ साउन । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उहाँहरूबीच करिब एक घण्टा ४० मिनेट ‘वान टु वान’ वार्ता भएको हो।

भेटवार्तालाई लिएर पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो, जसले राजनीतिक वृत्तमा चासो बढाएको छ।

भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीसँग समसामयिक राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको बताउनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *