प्रधानमन्त्रीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुुवन ढुुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोेक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *