संसदको कार्यसूची तय गर्न सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी

काठमाडौँ, १९ साउन। सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग संसदको आगामी कार्यसूची तय गर्न छलफल सुरु गर्नुभएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा उपसभामुख इन्दिरा राना र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको पनि सहभागिता रहेको छ।

बैठक मुख्यतया साउन १५ गतेदेखि ३० गतेसम्मको संसदीय क्यालेन्डर (कार्यतालिका) तयार पार्ने विषयमा केन्द्रित रहेको बताइएको छ। सदनको कामकारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्यसूचीबारे दलहरूबीच सहमति जुटाउन यो छलफल आयोजना गरिएको हो।