सशस्त्र प्रहरीमा ७७ अधिकृत बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौं, २० साउन । सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेका विभिन्न अधिकृत पदमा बढुवाका लागि ७७ जनाको नाम सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकले सशस्त्र प्रहरी नियमावली, २०८२ अनुसार उक्त सिफारिस गरेको हो ।
सिफारिस अनुसार, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा २२ जना, प्राविधिकतर्फका एक एसपी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा ४८ जना रहेका छन् ।
एसएसपीमा बढुवाका लागि सिफारिस हुनेहरू दोस्रो ब्याचका अधिकृत हुन् भने एसपीमा तेस्रो र चौथो ब्याचका अधिकृतहरू परेका छन् ।
त्यसैगरी, डीएसपी पदमा नवौं ब्याचका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । सशस्त्र प्रहरी मुख्यालयले गत असार ३२ गते बढुवा प्रक्रिया अगाडि बढाउन सूचना जारी गरेको थियो ।
एसएसपीमा बढुवा सिफारिस हुनेहरू:
१. ध्रुवबहादुर कार्की
२. जनक पुरी
३. यादव विश्वकर्मा
४. टोप बहादुर खनाल
५. अशोककुमार बम
६. वीरेन्द्रबहादुर ऐर
एसपीमा बढुवा सिफारिस हुनेहरू:
१. नरदीपकुमार बस्नेत
२. रामकृष्ण महर्जन
३. श्याम रावत
४. वसन्तबहादुर सिंह
५. श्यामकुमार कार्की
६. गेहेन्द्रबहादुर भण्डारी
७. लक्ष्मण थापा मगर
८. भीमबहादुर विष्ट
९. नवराज वोहरा
१०. सुरेश गैरे
११. कृष्णबहादुर विष्ट
१२. अम्विकाप्रसाद जोशी
१३. अमर बहादुर खत्री
१४. विशाल सिल्वाल
१५. बासुदेव महत
१६. भीमबहादुर चन्द
१७. श्रीराम कुंवर
१८. श्याममणि ढकाल
१९. गोविन्दबहादुर खाती
२०. यदुकुमार कार्की
२१. देवबहादुर बोहरा
२२. दिनेशकुमार बस्नेत