मलेसिया जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौँ, साउन २१ गते । मलेसिया खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने छ सदस्यीय नेपाली टोलीको बुधबार विदाई गरिएको छ ।

मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगितामा अगस्ट ९ र १० तारिखमा हुनेछ । प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ५६ केजीमुनि आयुश बोहरा, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ र ७४ केजीमुनि सन्दिप बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । आयुशले एकल पुम्सेमा पनि खेल्ने छन् । सो टोली शुक्रबार क्वालालम्पुर प्रस्थान गर्ने छ ।

सो टोली प्रमुखमा महेन्द्रराज घिमिरे तथा प्रशिक्षकमा श्रीकृष्ण खड्का रहेका छन् । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले बुधबार तेक्वान्दो टोलीलाई सफलताको शुभकामना दिँदै एक कार्यक्रमबीच बिदाइ गरे ।