नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
काठमाडौँ, २९ साउन । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी–२० सिरिज सकिएपनि अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने भएको छ ।
(क्यान)ले बिहीबार विज्ञप्ति जारी गरेर नेपालले एसीटी र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।
नेपालले एसीटीसँग अगस्ट २६ मा र अगस्ट २८मा साउथ अष्ट्रेलियासँग दुई–दुई खेल खेल्नेछ । यसैगरी साउथ अस्ट्रेलियासँगै अगस्ट ३० म ाएकदिवसीइ खेल पनि खेल्नेछ । टप एण्ड टी–२० सिरिज बिहिबार सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल शुक्रबार खेल्नेछ ।