आर्सनलको फराकिलो जित

लन्डन, ८ भदौ । प्रिमियर लगमा आर्सनलले शनिबार राति लिड्सलाई ५–० ले हराएको छ । आर्सनका लागि नयाँ स्ट्राइकर भिक्टर ग्योकेरेसले पनि गोल गरे ।
पछिल्ला दुई सत्र उपाधिको नजिक पुगेर उपविजेतामा चित्त बुझाएको आर्सनलले भिक्टोर ग्योकोरेसको रुपमा विश्वकै उत्कृष्टमध्ये एक स्ट्राइकर टिममा भित्र्याएको हो । स्वीडेनका स्ट्राइकर ग्योकरेसले गत सत्रमा स्पोर्टिङ लिस्बनका लागि १०२ खेलमो ९७ गोल गरेर किलयिन एमअबापे, इर्लिङ हालान्ड र मोहम्मद सलाहजस्ता खेलाडीलाई पनि पछाडि पारेका थिए । ग्योकेरेसले दुई गोल गरे ।
यसैगरी युरियन टिम्बरले पनि दुई गोल गरे । बुकायो साकाले एक गोल गरे ।