साउथ अस्ट्रेलियासँग पहिलो खेलमा नेपाल पराजित
सिड्नी, १२ भदौ । अस्ट्रेलियाको भ्रमणमा रहेको नेपालले बिहीबार साउथ अस्ट्रेलियासँग पहिलो अभ्यास टी–२० खेलमा तीन विकेटले पराजय वेहोरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । साउथ अस्ट्रेलियाले अन्तिम बलमा चौका प्रहार गरी लक्ष्य पूरा गर्यो । टी ब्राउनले अन्तिम बलमा चौका प्रहार गरे । अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रन बनाएर जित हात पार्यो । घरेलु टिमका लागि दुवै प्रारम्भिक ब्याट्सम्यान निक विन्टर (३६ रन) र कप्तान म्याकेन्जी हार्भे (२७ रन) ले उपयोगी पालि खेलेका थिए ।
नेपालका लाग सोमपाल कामीले १८ रनमा सर्वाधिक तीन विकेट लिए । यसैगर नन्दन यादवले दुई तथा रोहत पौडेलले एक विकेट हासिल गरे ।
यसअघि भीम सार्कीले सर्वाधिक ३२ रन बनाएका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले २७ रन तथा प्रारम्भिक ब्याट्समयान आसिफ शेखले २२ रनको पालि खेले । साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्यारी मानेन्तीले दुई–दुई तथा जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले एक–एक विकेट लिए ।
नेपालले बिहिबारै साउथ अस्ट्रेलियाविरुद्ध दोस्रो खेल खेल्दैछ ।