जैशिदेवल युथ क्लबको वार्षिकोत्सवमा तेक्वान्दो प्रतियोगता

काठमाडौँ, १५ भदौ । जैशिदेवल युथ क्लबले आफ्नो ३२औं वार्षिक उत्सवको अवसरमा “छैटौं ईन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता २०८२” आयोजना गरेको छ ।

काठमाडौं महानगरपालिका २१ वडाको आर्थिक सहयोगमा आयोजित एक दिने प्रतियोगितामा विभिन्न समुहका ८८ जना खेलाडीले २३ स्वर्ण, २३ रजत र ४६ काँस्यका लागि प्रतिस्पर्धा गरेका थिए ।

बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल के.सी., जैशिदेवल युथ क्लवका अध्यक्ष राजेश प्रजापति, नेपाली काङग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद ध्यानगोविन्द रञ्जितलगायतले प्रतियोगितामा विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

सो समारोहमा प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समिति सभापति नुरज बज्राचार्य, काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष संतोष बुढाथोकी, काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं का. म. पा १७ वडाका अध्यक्ष नविन मानन्धर, प्रदेश विकास खेलकुद परिषदका सदस्य सचिव दिपक लामा, का.म.पा २१ वडाका अध्यक्ष उदय चुडामणि बज्राचार्य, का.म.पा १२ वडाका अध्यक्ष बालकृष्ण महर्जन, का.म.पा १९ वडाका अध्यक्ष राजेश श्रेष्ठ, का.म.पा २० वडाका अध्यक्ष राजेन्द्र मानन्धर, का.म.पा २४ वडाका अध्यक्ष विनोदराज राजभण्डारी, का.म.पा १४ वडाका अध्यक्ष सुमन श्रेष्ठ र नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीको पनि अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

काठमाडौं महानगरपालिका वडा नं १२ द्वारा जैशिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीहरुलाई दैनिक अभ्यासको लागि रु दुई लाख बराबरको खेल सामग्री प्रदान गरिएको छ । उक्त खेल सामग्री वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले क्लवका अध्यक्ष प्रजापतिलाई हस्तान्तर गरे ।

सो कार्यक्रमका प्रमुख अतिथि मन्त्री केसीले नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम तालिका अनुसार आयोजित सिनियर ग्रेडिङ्ग परिक्षामा ब्ल्याक बेल्ट पहिलो डान प्राप्त गर्न सफल पााँच खेलाडीहरुलाई प्रमाण–पत्र तथा बेल्ट वितरण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *