ओसिएद्वारा आफ्नो लोगो प्रयोग नगर्न चेतावनी
काठमाडौँ, १५ भदौ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई ओसिएको लोगो अनधिकृत रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ।
ओसीएका डाइरेक्टर जनरल हुसैन अल मुसालमले प्रधानलाई सम्बोधन गरेको पत्रमा उल्लेख छ–तपाईँले पत्राचार गर्दा ओसिएको लोगो अनाधिकृतरुपमा प्रयोग नगर्नका लागि पठाएको यो आधिकारिक सूचना हो । यसैगरी यो आधिकारिक चेतावनी पनि हो । यदि ओसिएको लोगोको प्रयोग रोक्न नरोकिएमा कानुनी कारबाही गरिनेछ ।
जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसी गैरकानुनी भएको भन्दै नेपाल सरकारले मान्यता नदिएको अवस्थामा नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन भएको थियो । तर श्रेष्ठको अध्यक्षतामा रहेको एनओसलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ ।