लिभरपुलले पन्छायो आर्सनलको चुनौती

लन्डन, भदौ १६ गते । प्रिमियर लिगमा आइतबार राति लिभरपुलले अर्को दावेदार क्लब आर्सनललई १–० ले हराएको छ ।
खेलको ८३ औँ मिनेटमा हङगेरीका मिडफिल्डर डोमिनिक सोबोस्लाईले फ्रिकिकमा निर्णायक गोल गरे । यस सत्रमा आर्सनलको यो पहिलो हार हो । यसैगरी सन् २०१२ देखि आर्सनलले लिभरपुलको घरेलु मैदान एन्फिल्डमा जित हात पार्न सकेको छैन ।
अन्य खेलमा वेस्ट ह्यामले नटिङघम फरेस्ट र क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई समान ३–० गोल अन्तरले हराए ।