कलाकार राजेश हमाल र मेयर धनराज आचार्यको टिमबिच मैत्री भलिबल हुने
पोखरा, भदौ १६ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लयूभी)को दोस्रो संस्करण सुरु हुनुअघि, पोखराको लेकसाइड हलन्चोकमा टिम राजेश र टिम धनराज बीच प्रदर्शनी भलिबल खेल आयोजना हुने भएको छ। सो खेल भदौ १९ गते हुनेछ ।
सो मैत्री खेलमानेपालका चर्चित अभिनेता राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले टिमको नेतृत्व गर्नेछन् । सो खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र भ्ध्ख् फ्रेन्चाइज टिमका प्रमुख खेलाडीहरू सहभागी हुनेछन्।
प्रत्येक टिममा १२ खेलाडी रहनेछन्, जसमा इडब्लयूभी फ्रेन्चाइज टिमका टिम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सरहरू, र पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू समावेश हुनेछन् ।
कलाकार सहभागीहरू मा आना शर्मा, सनीषा भट्टराई, र आदिती बुढाथोकी रहेका छन् । प्रमुख खेलाडीहरूमा अरुणा शाही, प्रगति पुन, सलीना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, र उषा भण्डारी, साथै आफ्ना टिमका विदेशी खेलाडीहरू पनि सहभागी हुनेछन् ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिग भदौ २०–२८, २०८२ मा पोखराको बहुउद्देशीय कभर्ड हल मा आयोजना हुने छ। यो एशियाको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग हो ।