बेल्जियमको फराकिलो जित, वेल्स शीर्षमा
लन्डन, २० भदौ । विश्वकप फुटबल छनोटअन्तगत समुह जीमा बेल्जियमले लेख्टेन्स्टाइनलाई ६–० ले नराम्ररी हराएको छ । बेल्जियम पूर्वार्धमा एक गोलले मात्र अगाडि थियो ।
बेल्जियमका लागि एस्टन भिल्लाका स्ट्राइकर युरी टेलिम्यान्सले दुई गोल गरे । नापोलीबाट खेलिरहेका केभिड डि बु्रयनले पनि एक गोल गरे । यसैगरी डि कुपर, फोफाना र थिएटेले पनि गोल गरे ।
यस समूहमा काजखस्तानलाई १–० ले हराएर वेल्स शीर्ष स्थानमा उक्लेको छ । तर वेल्सले तेस्रो स्थानमा रहेको बेल्जियमले भन्दा दुई खेल बढी खेलेको छ ।