साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडकाे ६३ औ वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

काठमाडौं, २२ भदाै । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडकाे ६३ औ वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयाेजना गरिएकाे छ ।

“रक्तदान नै जीवन दान” भन्ने मुल नाराका साथ कर्पाेरेशनकाे ६३ औ वार्षिकोत्सवको पूर्वसन्ध्यामा मृगाैला राेग समाज नेपालकाे सहयाेगार्थ रक्तदान कार्यक्रम गरिएकाे हाे ।

कर्पाेरेशनकाे मुख्य कार्यालय कालिमाटीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७३ जना रक्तदाताहरूले अमुल्य रक्तदान गरिएकाे कर्पाेरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले बताउनुभयाे ।

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले देशैभरी सहुलियत पसल सञ्चालन गरिरहेकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *