प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं, २३ भदाै । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बाेलाउनुभएकाे छ। साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक आह्वान गर्नुभएकाे हाे ।

आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन्। बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

जेन जी पुस्ता सडकमा निस्किएपछि कांग्रेसले पनि यो निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाउँदैछ। यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग पनि कुरा गर्दै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *