जेनजीका नाममा पुगेका प्रदर्शनकारीहरूले भगाए झुम्का, उर्लाबारी र पथरी कारागारबाट कैदी

विराटनगर, २५ भदौ । जेनजीका नाममा सुनसरीको झुम्का कारागार पुगेका प्रदर्शनकारीहरूले कैदीबन्दी भगाएका छन् ।

जेनजी प्रदर्शनकारीका नाममा पुगेको समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् ।

झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १०९८ जना कैदी रहेका थिए । जेलर सुवास लामिछानेका अनुसार उक्त समूहले बल प्रयोग गरेर कैदीबन्दी भगाएका हुन् ।

उनका अनुसार अधिकांश कैदीबन्दी भागे । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेपछि केहीलाई भित्रै राखिएको छ । ‘अन्तिमसम्म प्रयास गरियो, बल प्रयोग गर्नुपर्ने अवस्था भएपछि थप क्षति हुन नदिन सुरक्षा निकाय ब्याक भयो’, उनले भने, ‘सेना आइपुगेपछि भाग्दै गरेका केही कैदीलाई कारागारमा फिर्ता ल्याइयो, संख्या भरे यकिन हुन्छ ।’

जेनजीको नाममा आएको समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई भगाएका छन् । उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए । उक्त समूहले पथरीको मुद्दा शाखाका कागजात पनि जलाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *