नख्खु जेलबाट भागेका पूर्व राज्यमन्त्रीसहित १७ जना काभ्रेको मंगलटारबाट पक्राउ
काठमाडौं, २६ भदाै । जेनजी आन्दोलनका कारण नख्खु कारागारबाट भागेका १७ जना कैदीबन्दी काभ्रेको मंगलटारमा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज ईश्वर कार्की नेतृत्वले पूर्व राज्यमन्त्री सञ्जय टकलासहित १७ जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
जनकपुर बम काण्डमा दोषी ठहर भएका टकलामाथि संचार उद्यमी अरुण सिंहानियाको हत्या र अकुत सम्पत्तिको मुद्दा पनि छ ।