रास्वपा नेताको नेतृत्वमा काभ्रेमा जलाइएको थियो कांग्रेस-एमाले नेताहरूको घर, भिडियो सार्वजनिक हुन थालेपछि छाडे पार्टी
काठमाडाैं, २९ भदाै । जेन-जीले गरेको शान्तिपूर्ण आन्दाेलनमा घुसपैठ भएको कुरा बिस्तारै खुल्न थालेको छ ।
जेन-जीले घोषणा गरेको शान्तिपूर्ण आन्दाेलनमा राजावादी, माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि घुसपैठ गरेर कांग्रेस-एमाले नेताहरुको घर जलाएको खुलेको हाे ।
जेन-जीनको आन्दोलनमा कांग्रेस र एमाले नेताहरूको घर र सम्पत्ति जलाउन जुटेका काभ्रेपलाञ्चाेकका राष्ट्रिय स्वन्त्र पार्टीका दुई नेताले राजीनामा दिएका छन् ।
काभ्रेपलाञ्चोकका विद्यालय, सरकारी संरचना र नीजि सम्पत्तिमा आगजनी र तोडफोडका क्रममा रास्वपा नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुर्दशन तिमल्सिनाले नेतृत्व गरेको खुलेको छ।
तिमल्सिना रास्वपा पनौती नगर कमिटीका सदस्य हुन् । रास्वपाले शिक्षकलाई राजनीति गर्न निषेध गरे पनि उनै तिमल्सिना तोडफोड र हिंसामा उत्रेको भिडियो र फोटो अहिले भाइरल भइरहेको छ ।
उता रास्वपा पनौनी नगर सभापति भट्टराई काठमाडौँ विश्वविद्यालयअन्तर्गतको कुप्स विद्यालयका स्थायी शिक्षकसमेत हुन् । भट्टराई ल्याब टेक्निसियन पदमा कार्यरत छन् ।
ल्याब टेक्निसियनका रुपमा कार्यरत रहे पनि विद्यालयले उनी स्थायी शिक्षकका रुपमा कार्यरत रहेको जवाफ दिएको छ । काठमाडौँ विश्वविद्यालय अन्तर्गतको कुप्समा यस्तै शिक्षकहरू दर्जनौँ छन् । शिक्षक नियुक्त हुँदा राजनीति गर्न नपाउने आचार संहिताविरीत भट्टराई रास्वपा नगर सभापति बनेका थिए । उनै भट्टराईले अरु शिक्षकलाई राजनीति गर्न नहुने बताइरहँदा जेन-जीको आन्दोलनमा घुसपैठ गरेर नेताहरूको घर जलाउन हिँडेको खुलेको छ।
भट्टराई पनौतीमा भएको हिंसात्मक आन्दोलनमा आगोको पुल्ठो बोकेर नेताहरूका घर र संरचना जलाउँदै हिँडेको भिडियो बाहिरिएको छ । उनले नेतृत्व गरेको भिडले विध्वंश मच्चाउँदै हिँडेको भिडियो अहिले भाइरल भएको छ।
भट्टराई नेतृत्वको समूहले पनौती नगरपालिका-२ कुशादेवीस्थित पूर्वनगर प्रमुख भीम न्यौपानेको घर जलाए । अर्का नेता सुर्दशन तिमल्सिना पनि पनौती-२ कुशादेवीकै बासिन्दा हुन् ।
तिमल्सिनाले आन्दोलनका क्रममा गल्ती भएको स्विकारेका छन् । यस घटनाका भिडियो बाहिरिएपछि उनले रास्वपाको नगरसभापति पद पनि त्यागेक छन् । यस घटनासँगै उनले रास्वपाको नगर सभापति पदमा नरहेको जानकारी गराएका छन् । उनले रास्वपा नगर सदस्यको पद पनि त्यागेको बताएका छन् ।
भट्टराई र तिमल्सिनाको नेतृत्वमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, पनौतीका नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा र क्याप्टेन एवम् अन्नपूर्ण मिडिया नेट्वर्कका मालिक रामेश्वर थापाको घर तोडफोड र आगजनी भएको थियो । पूर्व प्रमुख न्यौपानेको घरमा आगजानी र तोडफोड गर्दा उनीहरू देखिएका थिएनन् ।