काँचाे जेनजीहरूकाे बीचमा कुण्डले जेनजी , रिपोटर्स क्लबमै भयाे मारपिट

काठमाडौं, २९ भदाै । हामी नेपालका संस्थापक सुधन गुरुङले जेनजी आन्दोलनका सहिद परिवारसँगै आयोजना गरेको पत्रकार सम्मेलनमा उनिहरूबीचनै मारपिटमा भएकाे छ ।

रिपोर्टस् क्लबमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा मन्तव्य राख्दै गरेका गुरुङकाे कुरा काट्दै जम्मा भएका उनिहरूबीचका अर्का एक पक्षले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा छोडेकोदेखि संसद विघटनसम्मको विषयलाई लिएर उत्तेजितरुपमा प्रस्तुत भएपछि गुरुङले बोल्दाबोल्दै आवेशमा चिच्याए र पत्रकार सम्मेलन भाँडियो भन्दै पोडियम छाडे ।

गुरुङले गरेकाे पत्रकार सम्मेलन सकिए पनि लफडा भने सकिएन । लामो कपाल पालेका एक व्यक्तिलाई पार्टीको झोले भन्दै आक्रमण हुन थाल्यो । उनलाई युवाहरुले लछारपछार गर्दै भकुरे । उनी भूइँमा भक्लक्कै ढले । स्थिति असामान्य बन्याे ।

यसरी कुटाइ खाने व्यक्ति प्रेम लामा रहेको खुलेको छ । उनी कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंको स्थायी बासिन्दा हुन् । जेन जीको आन्दोलनमा उनी सुरुवातदेखि नै देखिएका थिए । आन्दोलनकै क्रममा हातमा चोट लागेको लामाको दाबी छ ।

जतिवेला जेन जीका प्रतिनिधिहरुसँग नेपाल आर्मीले छलफल गरिरहेको थियो । जंगी अड्डाबाहिर भने ठूलो भिड तैनाथ हुने गरेको थियो । जुन भिडमा लामा पनि सहभागी हुने गरेका थिए । त्यसवेलाका भिडियोहरुमा उनी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *