नापोली सिरि एको शीर्ष स्थानमा उक्लियो
नेपल्स, ७ असोज। गत विजेता नापोली सोमबार राति पिसालाई ३–२ ले हराएर सिरि एको शीर्ष स्थानमा उक्लन सफल भएको छ ।
पूर्वार्ध सकिनै लाग्दा बिली गिल्मोरले गोल गरेपछि नापोलीले अग्रता बनाएको थियो । खेल एक घन्टामा पुगदा पिसाका एमबाला एजोलाले पेनाल्टीमा बराबरी गोल गरे । त्यसपछि खेलको ७३ औँ मिनेटमा स्पिनाजोला र ८२ औँ मिनेटमा लुकाले गोल गरेपछि नापोली दुई गोलले अगाडि भयो । ब्राजिलियाली मिडफिल्डर लोरानले ९० औँ मिनेटमा गोल गरेर खेल ३–२ को स्थितिमा पुर्याए ।
नापोलीले दोस्रो स्थानमा रहेको युभेन्टसलाई दुई अङ्कले पछाडि पारेको छ । जितविहिन पिसा मात्र एक अङ्कका साथ पुछारमा छ ।