भारत एसिया कपको फाइनलमा

दुबई, ९ असोज । भारतले बुधबार राति सुपर चारमा बङगलादेशलाई ४१ रनले हराएर एसिया कपको फाइनलमा स्थान बनाएको छ । भारतको जितमा ब्याट्सम्यान अभिषेक शर्मा र स्पीनर कुलदिप यादव नायक बने ।

अभिषेकले ३७ बलम ७५ रन बनाए भने कुलदीले चार ओभरमा १८ रन खर्चेर तीन विकेट लिए । सो खेलमा अभिषेक प्लेअर अफ दि म्याच बने । अभिषेकले छ चौका र पाँच छक्का प्रहार गर्नुभयो । उनले थिट२० अन्तर्राष्ट्रियमा चौथो पटक अर्धशतक बनाएका हुन् । अभिषेकको शानदार पालिको सहयोगमा पहिले ब्याटिङ गरेको भारतले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिम १६८ रन बनाएको थियो । बङगलोदश जवाफमा तीन बल बाँकी छँदै १२७ रनमा अलआउट भयो ।

भारत एक खेलअगाडि नै उपाधि भिडन्तमा पुगेको हो । भारतको जितसँगै श्रीलङ्का प्रतियोगताबाट विदा भएकोछ । भारतले शुक्रबार श्रीलङकाविरुद्ध खेल्ने खेल अर्थहिन बनेको छ । भारतले फाइनलमा पाकिस्तान र बङगलादेशबिचको खेलको विजेतासँग खेल्नेछ ।

भारतका लाग हार्दिक पाण्डया (२९ बलमा ३८ रनं र शुभमन गिल ( १९ बलमा २९ रन) ले पनि उपयोगी पालि खेले । बङगलादेशका लागि लेग स्पीनर रिसद हुसेनले दुई तथा तन्जिम हसन, मुस्तफिजुर रहमान र मोहम्मद सइफुद्दिनले एक–एक विकेट लिए ।ब

बङगलोदशका लागि प्रारम्भिक ब्याट्सम्यान सैफ हसनले ५१ बलमा ६९ रन बनाए । बङगलदेशको पालिमा कुलदीपबाहेक अर्का स्पीनर वरुण चक्रवती (दुई विकेट), तेज बलर जस्प्रित बुम्राह (१८ रनमा दुई विकेट) अक्सर पटेल (एक विकेट) र तिलक वर्मा (एक विकेट) ले पन राम्रो बलिङ गरे ।

भारत एसिया कप टि२० को फाइनलमा पुगेको यो दोस्रो पटक हो । सन् २०१६ मा भारतले बङगलादेशलाई नै फाइनलमा हराएर उपाधि जितेको थियो ।