आर्सनल, म्यान्चेस्टर सिटी, न्युक्यासल र टोटनहाम लिग कपको प्रिक्वाटरफाइनलमा

लन्डन, ९ असोज । इङगलिस लिग कपमा आर्सनल, म्यान्चेस्टर सिटी, न्युक्यासल र टोटनहामले बुधबार राति प्रिक्वाटरफाइनलमा पुगेका छन् ।

आर्सनलले पोट भेलमा २–० ले हरायो । आर्सनलका लागि इबरे इजी र लियान्ड्रो ट्रोसार्डले गोल गरे । यसैगर म्यान्चेस्टर सिटीले हडर्सफिल्डलाई २–०, टोटनहामले डोनकास्टरलाई ३–० र न्युक्यासलले ब्राडफर्डलाई ४–१ ले पराजित गरे । सिटीका लागि इङगल्यान्डका मिडफिल्डर फिल फोडेनेले एक गोल गर्नुका साथै साभिनोले गरेको गोलमा सहयोगीको भूमिका निर्वाह गरे ।

गत वजेता न्युक्यासलका लाग जोयलिङटन र विलियम ओसुलाले दुई–दुई गोल गरे ।