भारत सुपर ओभरमा विजयी

दुबई, ११ असोज । भारतले शुक्रबार राति एसिया कपको सुपर चारमा श्रीलङ्कालाई सुपर ओभरमा हराएको छ । यस प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले आइतबार पाकिस्तानसँग उपाधि भिडन्त गर्दै छ।
भारतले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा २०२ रन बनाएको थियो । श्रीलङ्काले पनि जवाफमा पाँच विकेटको क्षतिमा २०२ रननै बनाएपछि खेल सुपर ओभरमा गयो । अर्सदिप ंिंसंहले चार बलमा दुई विकेटसुपर ओभरमा श्रीलकाले मात्र दुई रन बनाउन सक्यो । भारतले पहिलो बलमै तीन रन लिएर खेल जित्यो ।
यसअघि अभिषेक शर्माले ३१ बलमा ६१ रनको पालि खेलेपछि भारतले चालू प्रतियोगताकै सबभन्दा ठूलो स्कोर बनाएको थियो । भारतका लाग तिलक वर्माले ३४ बलमा अविजित ४९ रन र सञ्जु साम्पनले २३ बलमा ३९ रनको पालि खेले । तिलक र सञ्जुले चौथो विकेटका लाग ४१ ब्लमा ६६ रनको साझेदारी गरेका थए ।
प्रारम्भिक ब्याट्सम्यान पाथुम निसंकाले ५८ बलमा १०७ रनको विस्फोटक शतक बनाएर पनि श्रीलङ्कालाई जित दिलाउन सकेनन् । निसंका र कुशल परेराले दोस्रो विकेटका लाग ७० बलमा १२७ रनको साझेदारी निर्वाह गरे । परेराले ३२ बलमा ५८ रन बनाउनुभयो । डासुन सनाकाले पनि ११ बलमा अविजित २२ रन बनाएका थिए ।