वेस्ट इन्डिजलाई नेपालद्वारा १४९ रनको लक्ष्य प्रस्तुत

काठमाडौा, ११ असोज । युनिटी कपअन्तर्गत वेस्ट इन्डिजसँगको तीन खेलको टि२० अन्तर्राष्ट्रय शृङखलाअन्तर्गत पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ठिकठाक ब्याटिङ गरेको छ।

संयुक्त अरब इमिरेट्सको शारजाहा क्रिकेट मैदानमा शनिबार टस हारेपछि पहिले ब्याटिङ गर्न बाध्य भएको नेपालले निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा १४८ रन बनायो ।

नेपालका लागि कप्तान कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनको ३५ बलको पालमा३ चौका र १ छक्का सामेल थियो । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रनको आकर्षक पालि खेल्नुभयो । गुल्शन झाले पनि दुई छक्का प्रहार गर्दै २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन योगदान दिए ।

नेपालको सुरुआत भने खराब भएको थियो । प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल ६ रन र आसिफ शेख ३ रनमा आउट भएका थिए । कप्तान रोहित र कुशल मल्लले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरी नेपालका पालि सम्हालेका हुन् । तर नेपालले पालिको अन्त अपेक्षाअनुरुप गर्न सकेन । सन्दीप जोरा ६ बलमा नौ र करण केसी शुन्यमा आउट भए । सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका लागि अनुभवी मध्यम गतिका बलर जेसन होल्डरले चार ओभरमा २० रन दिएर चार विकेट लिए । उनले १९ औँ ओभरमा दिपेन्द्र, सन्दीप र करणलाई आउट गरेका थिए । पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै गरेका स्पनर नविन विदायसीले ४ ओभरमा २९ रन दिएर तीन विकेट लिए । कप्तान अकिल होसेनले एक विकेट हासल गरे ।

नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रसँग द्विपक्षीय क्रिकेट शृङखला खेलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *