मौसममा देशभर बदली : भारी वर्षाको सम्भावना
काठमाडौँ, असोज १८ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरैजसो स्थानहरूमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ । आज राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले बताएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।