लिभरपुलको लगातार तेस्रो हार, चेल्सी, म्यान्चेटर युनाइटेड र आर्सनल विजयी

लन्डन, १९ असोज । । प्रिमियर लिगमा चेल्सीले शनिबार राति गत विजेता लिभरपुललाई २–१ ले हराएको छ । इन्जुरी समयमा ब्राजिलका युवा खेलाडी इस्टभाओले गोल गरेपछि लिभरपुल स्तब्ध भयो । गत हप्ता क्रिस्टल प्यालेसले पनि अन्तिम समयमा गोल गरी लिभरपुललाई हराएको थियो । यसगरी गत हप्ता नै च्याम्यिन्स लिगमा टर्कीको गालाटसारेले पनि लिभरपुललाई पराजित गरेको थियो ।
मोइसेस काइसेडेले लामो दुरीबाट सशक्त प्रहारमार्फत् गरेको गोलबाट घरेलु टिम चेल्सीले अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा कोडी गाक्पोले बराबरी गोल गर्नुभयो । तर १८ वर्षीय स्ट्राइकरले इन्जुरी समयमा गरेको गोलबाट लिभरपुल हिस्स बन्यो । लिभरपुलको अर्को हारसँगै आर्सनल एक अङ्कको अग्रतासहित अग्रस्थानमा उक्लेको छ । आर्सनलका लागि डेक्लान राइस र बुकायो साकाले गोल गर्नुभया ।
म्यान्चेस्टर युनाइटेडले पनि सन्डरल्यान्डलाई २–० ले हराउन सफल भयो । म्यान्चेस्टर युनाइटेडका लागि मासन माउन्ट र बेन्जामिन सेस्कोले गोल गर्नुभयो । अर्को खेलमा टोटनहाम हस्परले लिडेसलाई २–१ ल्े हरायो । यस जितसँगै टोटनहाम तेस्रो स्थानमा उक्लेको छ ।