बार्सिलोनाको लगातार दोस्रो हार

बर्सिलोना, २० असोज । स्पेनी लिगमा सेभियाले आइतबार राति बार्सिलोनालााई ४–१ ले पराजित गरेको छ । बार्सिलोनाको यो लगातार दोस्रो पराजय हो । स्पेनी लिगमा भने बार्सिलोनाको यो पहिलो हार हो ।
केही दिनअघि च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मनले बार्सिलोनालाई पराजित गरेको थियो ।

सेभियासँग हारसँगै बार्सिलोनाले अङ्क तालिकामा शीर्ष स्थानमा मौका गुमायो । रियल म्याड्रिड दुई अङ्कले बार्सिलोनाभन्दा अगाडि छ । सेभिया छैटैँ स्थानमा रहेको छ । यसअघि बार्सिलोनाले सेभियाविरुद्धको पछिल्ला सात खेलमा जित हात पारेको थियो ।

सेभियाका लागि इसाक रोमेरोले एक गोल गर्नुका साथै एक एसिस्ट पनि गरे । अन्य गोल एलेक्सज साञ्चेज (पेनाल्टी), जोस एन्जेल कार्मोना र अकोर एडम्सले गोल गरे । बार्सिलोनाका मार्कस र्यासफर्डले गरेको गोल सान्त्वना मात्र बन्यो ।

दस खेलाडीमा सीमित बनेको एट्लेटिको म्याड्रिड भने अहिलेसम्म जितविहिन रहेको सेल्टा भिगोसँग १–१ ले बराबरीमा रोकियो । कार्ल स्टारफेल्डको आत्मघाती गोलले एट्लेटिकोले अग्रता बनाएको थियो । तर त्यसपछि एट्लेटिको डिफेन्डर क्लिमेन्ट लेङलेटले रातो कार्ड पाएप्छ सेल्टा भिगालाई खेलमा फर्किने मौका मिल्यो । खेलको ६८ औँ मिनेटमा इयागो आसपासले बराबरी गोल गर्नुभयो । एट्लेटिको पाँचौँ स्थानमा रहेको छ ।

अन्य खेलमा अलभोजले इच्ेलाई ३–१, रियल बेटिसले इस्पानियोललाई २–१ र रायो भालेकानोले रियल सोसिड्याडलाई १–० ले हराए ।