नेपाली महिला फुटबलले इरानसँग मैत्री खेल खेल्ने

काठमाडौँ, २१ असोज । नेपाली महिला फुटबल टोलीले इरानसँग अन्तर्राष्ट्रिय महिला मैत्री फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघले मङगलबार नेपालले फिफा विन्डोअन्तर्गत इरान र भारतसँग खेल्ने जानकारी दिएको हो ।
दुवै खेल भारतमा हुनेछ । यसअघि, नेपालले परम्परागत प्रतिद्वन्द्वी भारतसँग कात्तिक १० गते मैत्री फुटबल खेल्ने जानकारी दिएको थियो । नेपालले भारतविरुद्ध खेल्नुअघि नै इरानसँवग कात्तिक ७ गते मैत्री खेल खेल्नेछ । दुवै खेल भारतको सिलोङमा हुनेछ ।