महिला क्रिकेटका लागि प्रशिक्षकको खोजी

काठमाडौँ, २५ असोज । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार महिला राष्ट्रिय क्रिकेट टिमका लागि प्रमुख प्रशिक्षक पदमा आवेदन खुला गरेको छ ।

क्यानले ईसीबी वा सीए लेभल–३ वा सो सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव प्राप्त प्रशिक्षकले मात्र आवेदन दिन सक्ने प्रावधान उल्लेख गरेको छ । क्यानले आगामी जनवरीमा नेपालमै हुने टि२० विश्वकपको ग्लोबल छनोट र यु१९ विश्वकप छनोटलाई मध्यनजर गर्दै नयाँ प्रशिक्षकको खोजी गरेको हो ।