राष्ट्रपति पौडेल अस्पतालबाट भए डिस्चार्ज

काठमाडाैं, २६ असाेज । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ।

स्वास्थ्य समस्या भएपछि शनिबार मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना हुनुभएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनुभएकाे हाे ।

उहाँको स्वास्थ्य समस्याका कारण शनिबार विहानको जेनजीसँगको छलफल सोमबारका लागि सारिएको थियो।