नेविसंघले पनि दियो बालेन र सुदनविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं, २६ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि जाहेरी दिएको छ ।

गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा जाहेरी दिएको हो ।

विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने नेविसंघको माग छ ।

यसअघि नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।