होम एन्ड अवे संरचनामा लिग नहुने
काठमाडौँ, असोज २८ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगमा होम एन्ड अवे संरचनामा नखेलाइने जानकारी दिएको छ ।
सातदोबातास्थित एन्फा कम्प्लेक्समा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राइले भने– ‘क्लबहरूको सुझावका आधारमा अहिले होम एण्ड अवे संरचनामा लिग नगर्ने निर्णय गरेका छौँ । अर्को संस्करणमा होम एन्ड अवे लिग हुनेछ ।
२०७९÷८० को लिग जेठ २३ गते सकिएदेखि अहिलेसम्म नयाँ लिग सुरु भएको छैन । पछिल्लोपटक चर्च ब्वाइजले ए डिभिजन लिगको उपाधि जितेको थियो ।