राप्रपाद्वारा जुम्ला अध्यक्षसहित चारजना एक वर्षका लागि निलम्बित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्ला कार्यसमितिका अध्यक्ष बेदबहादुर शाहीसहित चार जना नेतालाई एक वर्षका लागि निलम्बन गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आज सम्पन्न कार्यसम्पादन समितिको बैठकले अनुशासन समितिको सिफारिसका आधारमा उक्त कारबाहीको निर्णय लिएको जानकारी दिएका छन्। लिङदेनका अनुसार निलम्बित हुनेहरूमा जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली प्रदेश सदस्य मन्सुर सुनार रहेका छन्। उनीहरूलाई विधानबमोजिम कारबाही गरिएको बताइएको छ।

यद्यपि, निलम्बनमा परेका नेताहरूको कसुरका बारेमा अध्यक्ष लिङदेनले विस्तृत जानकारी दिन चाहेनन्। यस कारबाहीले राप्रपाभित्रको आन्तरिक अनुशासन र कार्यशैलीमाथि प्रश्न उठाउने केहीको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *