एएफसी महिला यु–१७ एसियन कपमा थाइल्यान्डको नेपालविरुद्ध एक दजर्न गोल
काठमाडौँ, ३१ असोज । एएफसी महिला यु–१७ एसियन कपमा नेपाल घरेलु टिम थाइल्यान्डसँग १२–० ले पराजित भएको छ । यस नतिजासँग नेपालको यात्रा छनोट चरणबाटै बाहिरिएको छ । नेपालले पहिलो खेलमा तुर्कमिनिस्तानसँग गोलरहत बराबरीमा खेलेको थियो ।
चोनबुरी रंगशालामा शुक्रबार नेपाललाई हराएपछि थाइल्यान्ड अर्को वर्ष चीनमा हुने एसियन कपमा चयन भएको छ ।
नेपालविरुद्ध थाइल्यान्डका लागि कप्तान कप्तान कुरीसमरम लिम्पावानिचले चार र फरवार्ड चार्लोटे सिटीप्रासनले तीन गोल गरी ह्याट्रिक पूरा गरे । नेपालले यू–१७ महिला एसियन कप छनोट खेलेको यो तेस्रो पटक हो । यसअघि नेपालले सन् २०१९ र २०२४ मा छनोट चरण खेलेको थियो ।