फरार भनिएका खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर, थुनछेक बहस आजै
काभ्रेपलाञ्चाेक, १३ कात्तिक । खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर भएका छन् ।
बिहीबार बिहान न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा उनको बयान भइरहेको स्रेस्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिइन् ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै अधिवक्ता मनिषा गौतमले प्रहरीमा सुनारविरूद्ध जाहेरी दिएकी थिइन् । अधिवक्ता गौतमले आफूमाथि फेसबुकमा गालीगलौज गरेको भन्दै सुनारविरूद्ध मुद्दा हालेकी हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सुनारको नाम पनि मन्त्री बनाउन सिफारिस गरेकी थिइन् । तर उनको तीन वटा जिल्लामा मुद्दा बाँकी रहेको भन्दै आलोचना भएपछि नाम काटिएको थियो ।
बिहीबार उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि न्यायाधीशले पुर्पक्षका लागि आदेश गर्नेछन् ।