खेलकुद मन्त्री र एन्फा पदाधिकारबीच छलफल

काठमाडौँ, कात्तिक १३ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बिहिबार युवा तथा खेलकुद मन्त्रात्रलयमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँग छलफल गरेको छ ।

खेलकुद मन्त्री गुप्ताले नेपाल फुटबल अहिले धेरै विवादित बनेपछि चासो राख्नुभएको हो । उहाँले यो छलफल खेलकुदको विकास गर्नका लागि हो मन्त्रालयले हस्तक्षेपको होइन भन्नुभयो । दशरथ रङगशालामा पुनः अन्तराष्ट्रिय मान्यता दिलाउन पनि आह्वान गनुभयो ।

एन्फा महासचिव किरण राईले लिग समयमा नहुनुको मुख्य कारण सी डिभिजन सकिएको दुई वर्षसम्म विभिन्न समस्याले बी डिभिजन सम्पन्न गर्न नसक्नु, फुटबलमा राजनीतिकरण हुनु र होम एन्ड अवे लिग गर्न खोज्दा क्लबहरूले समय मागेकोले हो, भननुभयो ।