फाप डुप्लेसिसले एनपिएलमा विराटनगरका लागि खेल्ने

काठमाडौँ, १४ कात्तिक । दोस्रो नेपाल प्रिमियर लिगमा दक्षिण अफ्रिकाका ब्याट्म्यान फाफ डु प्लेसिसले खेल्ने भएका छन् । एनपिएल टिम विराटनगर किङगसले शुक्रबार डुप्लेससीलाई अनुबन्ध गरेको हो ।

एनपिएलमा खेल्ने उहाँ सबभन्दा हाइप्रोफाइल खेलाडी हुनेछन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल्)मा उहाँले रोयल च्यालेन्जर्स बेंगलोरको नेतृत्व गर्नुका साथै चेन्नई सुपर किङ्सलाई आईपीएल र सेन्ट लुसिया किङ्सलाई सीपीएलको उपाधि पनि दिलाएका छन । विश्वका अन्य फ्रेञ्चाई लिग बिग ब्यास लिग, मेजर लिग क्रिकेट, पीएसएल, बीपिएल, भाइटालिटी ब्लास्ट, एसएटी–२० मा पनि उनले खेलेका छन् ।

“फाफ डु प्लेसिसजस्ता विश्वस्तरीय खेलाडी आउनु बिराटनगर किंग्स र एनपिएलको लागि गर्वको कुरा हो । उहाँको आगमनले बिराटनगर किंग्स र एनपिएलको लागि आउने दिनमा अन्य बिश्व स्तरिय खेलाडी आउन अझ उत्साहित हुनेछन् । डु प्लेसिसको आगमनले बिराटनगर किंग्सका खेलाडीहरूलाई उहाँसँग ड्रेसिंग रुम, उहाँको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसर मिल्नेछ, विराटनगर किङ्सका निर्देशक दिपेन्द्र चौधरीले भन्छन् ।

डुप्लेसिसले दक्षिण अफ्रिकाका लागि ५० खेलमा १५२८ रन बनाएका छन् । यसैगरी टी–२०मा ४२४ खेलमा ११,९०६ रन बनाएका छन् ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ । पछिल्लो संस्करणमा विराटनगर किङस छैटौँ स्थानमा रहेको थियो ।