राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्दै
काठमाडौं, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणका लागि प्रस्थान गर्दैहुनुहुन्छ । आज बिहान ९: १० बजे उहाँ त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न लाग्नुभएकाे हाे ।
उहाँ सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएकाे हाे ।
राष्ट्रपति पौडेलसहितको टोली यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमणमा रहनुहुनेछ ।