यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्स आवेदन बन्द

काठमाडौं, २८ कात्तिक । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ।

१६ कात्तिकबाट आंशिक रूपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको हाे।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ।

२३ र २४ भदौको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए। विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *