फ्रान्स विश्वकपमा चयन
पेरिस, २८ गते कात्तिक । किलियन एमबापेले दुई गोल गरेपछि फ्रान्स शुक्रबार युक्रेनलाई ४–० ले हराएर विश्वकप फुटबल २०२६ मा पुगेको छ ।
फ्रान्सका लागि माइकल ओलिस र स्थानापन्न फरवार्ड ह्युगो इकिटिकेले पनि गोल गरे । पछिल्लो विश्वकपमा फ्रान्स फाइनलमा अर्जेन्टिनासँग हारेको थियो ।
फ्रान्स १३ अङ्क हासिल गरेर समूह डि विजेता बनी विश्वकपमा पुगेको हो ।