राष्ट्रिय परिचयपत्रबाट २ लाख २५ हजार बढीले गराए नयाँ मतदाता नामावली दर्ता

काठमाडौँ, १ मङ्सिर । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन्।

यो सङ्ख्या नयाँ मतदाता नामावली संकलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ।

आयोगका अनुसार नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिने छ। अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिने गरी सरकारले व्यवस्था मिलाएको छ।