एएफसी यु–१७ एसियन कप छनोटमा नेपालको चौथो हार
काठमाडौँ, मङसिर १२ गते । एएफसी यु–१७ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानसँग २–० ले पराजय वेहोरेको छ । नेपाल यसअघि सिरियासँग ४–२, घरेलु टिम म्यानमारसँग ४–० र ओमानसँग ५–० ले पराजित भएको थियो ।
म्यानमारको योङनस्थित थुवाना रङगशालामा भएको खेलको २४ मिेनेटमा अफगानिस्तानका मेहरान अली खानीले बल डिबक्सभित्र लग्दै पहिलो गोल गरे । खेलको ६७ औँ मिनेटमा यासिन नुरजाहीले रिबाउन्डमा गोल गरी अफगानिस्तानलाई जित दिलाए ।