नेकपा एमालेले आज देसैभर महाधिवेशन प्रतिनिधि छान्दै

काठमाडौँ, १३ मङ्सिर। नेकपा एमालेले ११औँ महाधिवेशनका लागि आज देशभर एकैसाथ महाधिवशेन प्रतिनिधि छनोट गर्दैछ ।

आज ६ लाख ६७ हजार ६ सय पार्टी सदस्यबाट प्रतिनिधि चयन हुनेछ । एमालेले आज १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि छान्नेछन् भने एक तिहाइ महिला प्रतिनिधि, दलित र ४० वर्ष भन्दा मुनिकालाई पनि स्थान दिइएकाे छ ।

आज चयन भएका महाधिवेशन प्रतिनिधिकाे विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा अध्यावधिक गर्नुपर्ने छ ।

महाधिवेशनमा करिब दुई हजार १ सय प्रतिनिधि सहभागी हुनेछन् ।