मधेश प्रदेशमा नयाँ मन्त्रीमण्डल विस्तार, मुख्यमन्त्री यादवले नियुक्त गरे तीन मन्त्री

जनकपुरधाम, २१ मङ्सिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज तीन जना मन्त्री नियुक्त गरेका छन्। मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमत पार्टीका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री पदमा नियुक्त गरेका हुन्।

नव नियुक्त मन्त्रीहरूमध्ये जनमत पार्टीका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। यद्यपि, कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। मुख्यमन्त्री यादवले यसअघि नै मंसिर २४ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिसकेका छन्। विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *