एनपिएल क्वालिफायर: विराटनगर किङ्सले टस जितेर बलिङ रोज्यो, सुदूरपश्चिम रोयल्स पहिले ब्याटिङमा

काठमाडौँ, २३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको महत्वपूर्ण खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केही बेरअघि भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो।

आजको खेल जित्ने टोली सोझै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ, जसको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ। आजको खेलमा पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ। अहिले एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको शीर्ष स्थानमा थियो भने विराटनगर किङ्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्।

लिग चरणको खेलमा सुदूरपश्चिमले खेलेका सातमध्ये ६ खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजय भोगेको थियो। त्यसैगरी, समान सात खेल खेलेको विराटनगरले पाँच खेलमा जित हासिल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *