ग्रान्डमास्टर दिवाकर महर्जन अभिनित ‘ज्यापू दाइ’ सार्वजनिक

काठमाडौँ, पुस ७ गते । ग्रान्डमास्टर दिवाकर महर्जन अभिनित ज्यापू दाई शीर्षकको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।ललितपुरस्थित यलमुल गार्डेनमा आइतबार साँझ भएकाको कार्यक्रममा नेपालभाषाको सो गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सो गीतमा निशा देसारको स्वर रहेको छ । चन्देश्वर महर्जनले रचना गर्नुभएको गीतमा जुगल डङगोलको संगीत र संगीत संयोजन रहेको छ ।

रामकृष्ण खड्गीको निर्देशन रहेको सो गीतको म्युजिक भिडियोको छायाँकन रकी महर्जनले गर्नुभएको छ । सो भिडियोमा आप्mनो कलासंंस्कृतिप्रतिको लगाव राख्ने ज्यापू समुदायका एक व्यक्ति खेलको माध्यमबाट अमेरिकासम्म पुगेर त्यहाँ तेक्वान्दो खेलाडी उत्पादन गरिरहेको कथा छ । यसैगरी म्युजिक भिडियोमा नेवाः संस्कार, चाडपर्व, जात्रा र नेवार भोजलाई पनि प्रस्तुत गरिएका छ ।