मतदाता सूचीको २ नम्बरमा ‘नेता’ रामचन्द्र पौडेल: शीतल निवास भन्छ– नाम तत्काल हटाउनू

काठमाडौँ, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम मतदाताका रूपमा देखिएपछि शीतल निवासले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पदमा आसिन व्यक्ति कुनै दलको सदस्य वा मतदाता हुन नमिल्ने संवैधानिक मर्यादा विपरीत नाम राखिएको भन्दै हटाउन अनुरोध गरिएको हो।

भृकुटीमण्डपमा टाँसिएको सूचीमा पौडेलको नाम दोस्रो नम्बरमा छ।

पार्टीका महाधिवेशन प्रतिनिधिहरूको सूची अद्यावधिक गर्दा पुरानै विवरण राखिएका कारण यस्तो त्रुटी भएको हुनसक्ने अनुमान गरिएको छ। निर्वाचन समितिले भने यसबारे थप प्रक्रिया अगाडि बढाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *